प्रहरीका अर्याल र गुरुङ डीआईजी पदमा बढुवा सिफारिस

नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय ई. नवीन्द्र अर्याल र डा. देउती गुरुङ प्रहरी नायव महानिरीक्षक(डीआईजी) पदमा बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले नेपाल प्रहरीको साइबर ब्युरो प्राविधिक सहायता शाखा काठमाडौँमा कार्यरत ई. अर्याल र केनाइन कार्यालय महाराजगञ्जमा कार्यरत डा. गुरुङलाई विशेष पदमा बढुवा सिफारिस गरेको हो ।

उनीहरूलाई बढुवा गर्न २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डीआईजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको थियो ।

पदावधिका कारण अवकाश हुन लागेसँगै विशेष पद सिर्जना गरेर थमौती गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर