सुदूरपश्चिम सरकार गठनबारे प्रधानमन्त्री र झलनाथ खनालबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार गठन र एकीकृत समाजवादीको भूमिका तथा अन्य राजनीतिक विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सनाले उनीहरुबीच पछिल्लो राजनीतिक गतिविधिका विषयमा छलफल भएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर