सुशासन र विकास कांग्रेसको एजेण्डा हुनुपर्छः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेण्डा’ हुनुपर्ने बताएका छन् ।

‘समुदायमा कांग्रेस संवाद कार्यक्रम’का क्रममा आज धनगढीमा अयोजित कार्यक्रमा महामन्त्री थापाले विकासका सावलमा दलहरुबीच राष्ट्रिय बहस छलफल गरी साझा धारणा बनाउन, भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनलगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।

पार्टीको एजेण्डा २०८४ का लागि नभइ आज देखिएका यावत समस्याको समाधानका लागि हुनुपर्ने बताउँदै उनले भने, ‘वर्ष २०८१ लाई पार्टी शुद्धीकरण र पुनःजागरणको वर्ष बनाउनुपर्छ, एकवर्ष कांग्रेसले सिंहदरबार, बालुबाटार नहेरी राष्ट्रका मुख्य–मुख्य समस्या समाधान खोज्न पहल गर्नुपर्ने बेला आएको छ ।’

पार्टीको भविष्यको नीति योजना बनाउनका लागि संवाद यात्रामा आएका सुझावले टेवा पु¥याउने उनले बताए । पार्टी सञ्चालन प्रक्रिया त्रुटिपूर्ण हुँदा पार्टीमा गुट उपगुटको समस्या देखिएको भन्दै उनले गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर