सुनको मुल्य आज तोलामा कति ?

नेपाली बजारमा बुधबार सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै मंगलबारकै १ लाख ३९ हजार २०० मा कारोबार भइरहेकाे हाे ।

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ रहेकाे छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर  प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर