दीर्घ सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने एसको निर्णय

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनबाट एसले मुख्यमन्त्री बनाउने सहमति भएपछि सोडारीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय एसले गरेको हो ।

बुधबार बसेको सचिवालय बैठकले दल नेता सोडारीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । प्रदेश प्रमुखले आज साँझसम्म मुख्यमन्त्रीमा दाबी गर्न समयसीमा दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *