एनएमबि बैंकको ११औं हेरिटेज वाक सम्पन्न

एनएमबि बैंकले बुधबार बैंकको बल्खु श।खाबाट शुरु गरी कीर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी ११ औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

एनएमबि बैंकले ‘हाम्रा सम्पदा हुन् खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने मूल नाराका साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा, एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल, संचालक जीवन कुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिष कुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, कीर्तिपुर महानगरपालिका प्रतिनिधिहरु, बैंकका कर्मचारीलगायत सर्वसाधारण गरी लगभग ७५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्यको उपस्थिति थियो । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई ५ लाख सहयोगका साथैे कीर्तिपुर नगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *