२०२७ सम्म ताइवानमा आक्रमण गर्ने तयारीमा चीन

सन् २०२७ सम्ममा चीन ताइवानमाथि आक्रमण गर्न तयार हुने आशंका व्यक्त गरिएको छ । एक वरिष्ठ अमेरिकी गुप्तचर अधिकारीका अनुसार ताइवानलाई चीनले आफ्नो समयसीमा भित्र बलपूर्वक भए पनि पुनः एकीकरण गर्ने गरी योजना बनाएको समाचार संस्था भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ ।

विभिन्न अमेरिकी सेना र गुप्तचर अधिकारीहरूले हालैका वर्षहरूमा सार्वजनिक रूपमा नै चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्य योजनाबाट ताइवानलाई पुनः एकीकरण गर्न नसकिएमा बल प्रयोगका लागि तयार हुन चिनियाँ सेनालाई आदेश दिएको बताएका छन् ।

पछिल्लो समय चिनियाँ सेनाको आधुनिकीकरण र विस्तार पनि २०२७ सम्म आक्रमणका लागि तयार हुने योजनाअनुरुप भइरहेको ती अधिकारीहरुको दाबी छ । तर चीनका लागि अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीका सहायक उपनिर्देशक डेभ फ्रेडरिक उनीहरू त्यो समयसीमा योजना पूरा गर्न सक्छन् भन्ने निश्चित नभएको बताउँछन् ।

‘यो एउटा महत्वाकांक्षी योजना हो, उनीहरु त्यसलाई प्राप्त गर्न सक्छन् वा सक्दैनन् अहिले नै अनुमान गर्न सकिन्न’ नासभिल, टेनेसीमा भएको सुरक्षा सम्मेलनमा उनले भनेका छन्, ‘चुनौतीहरु धेरै छन् ।’

उनले चिनियाँ सेनालाई ताइवानको टापुमा अवतरण हुन समस्या पर्ने बताए । उनले जमिन र पानी दुवैमा अवतरण गर्ने मिल्ने उपकरणका लागि चीनले काम गरिरहेको पनि जानकारी दिए ।

चिनियाँ अधिकारीले भने यस्तो तयारीको खबरलाई खारेज गरेको भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ । ताइवानसँगको समस्या चिनियाँ जनताले नै समाधान गर्ने उनले बताएका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *