आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धी अन्तरक्रिया सम्पन्न

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्दै अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा छलफल समेत गरे । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै व्यक्ति विशेष भन्दा पनि सेवाग्राही केन्द्रीत प्रहरी सेवा प्रवाह तथा अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा काम गर्न विभाग कटिवद्ध रहेको बताए ।

प्रहरीबाट प्रवाह हुने अपराधका घटना लगायत जनचासो सम्बन्धी कुनै पनि सूचनाहरू नेपाल प्रहरीको मिडिया नीति, सांगठनिक कार्य नीतिको अधिनमा रहि सम्बन्धित कार्यालयका सूचना अधिकारी वा कार्यालय प्रमुख वा तोकिएको अधिकृतबाट प्राप्त गर्न सकिने उल्लेख गरे । सो कार्यमा देखा परेका समस्याहरूलाई सुधार गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यसम्पादन हुने उनले बताए । यस्ता कार्यक्रम मार्फत सूचना प्रवाहमा देखा पर्ने समस्या एवम् चुनौतिहरूको पहिचान भई त्यसको निराकरणका लागि अन्तरक्रियाबाट प्राप्त सुझाव एवम् अपेक्षा अत्यन्तै फलदायी हुने र त्यसको कार्यान्वयनमा विभाग कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शाखा अधिकृत सारदा चालिसे र प्रेस काउन्सिल नेपालका शाखा अधिकृत महेन्द्र राज सिंह समेतले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गरेका थिए । सो क्रममा सञ्चार माध्यमहरूबाट सम्प्रेषण हुने कुनै पनि घटनाहरूले अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभाव नपार्ने हिसाबले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुनै पनि पूर्वाग्रह नराखी सम्प्रेषण हुनुपर्नेमा जोड दिए । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले आपराधिक घटनाको समाचार सम्प्रेषण गर्ने सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । उनले नेपाल प्रहरीको मिडिया नीति, नेपाल प्रहरीको अपेक्षार मातहत कार्यालयहरूबाट संकलित सुझावहरू बारे जानकारी दिए ।

अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी विविध एवम् सो सम्बन्धी समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर