हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

विरगञ्जबाट हुण्डी कारोबारीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले शुक्रबार जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.६ रूङटा कम्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट २२ लाख पाच हजार सात रुपैयाँसहित हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला बारा कलैया उप-महानगरपालिका वडा नं.२३ बस्ने अर्जुन राउत कुर्मीले पिठ्युमा भिरेको कालो झोला संकाष्पद देखिएको झोलाभित्र लुकाइ छिपाइ राखिएको श्रोत नखुलेको १००० दरका नोट १९५५ थान, ५०० रुपैयाँ दरका नोट ५०० थान र १०० दरका नोट ७ समेत गरी जम्मा नेपाली बाइस लाख पाँच हजार सात सय रुपैयाँ पक्राउ गरेको हो ।

माँ जगदम्बा मनि ट्रान्सफरका संचालक जिल्ला पर्सा विन्दवासिनी गाउँपालिका वडा नं ३ बस्ने वर्ष ४३ को अजय कुमार साह समेतलाई नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले  जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर