प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गरेका छन् ।

इन्टरपोलको महासचिवालयको आयोजनामा लियोनमा हुन लागेको १९ औँ हेड अफ एनसीबी कन्फरेन्समा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । महानिरीक्षक कुँवर नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालको प्रमुखकारुपमा सो सम्मेलनमा सहभागी हुँदैछन् ।

महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुभकामनासहित बिदाइ गरे । हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा ट्रान्सनेशनल संगठित अपराधका विषयमा छलफल हुने जनाइएको छ । सम्मेलनमा इन्टरपोलका सबै सदस्य राष्ट्रहरू अर्थात् १९६ वटै देशका एनसीबीका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

सो क्रममा महानिरीक्षक कुँवरले भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक समेत राखिएको छ ।

नेपाली मितिअनुसार वैशाख ११ देखि १३ गतेसम्म फ्रान्सको लियोनमा हुने सम्मेलनमा महानिरीक्षक कुँवरसहित नेपालबाट प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह समेत सहभागी हुँदैछन् । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *