कतारका अमिरको नेपाल भ्रमण सुनौलो अवसर

नेपालको लगानी सम्मेलनअघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको लिनुपर्ने जानकारहरुले बताएका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलोपटक मंगलबार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै छन् । उनको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौतासम्मका विषयमा लाभ लिन सक्नुपर्ने परराष्ट्रका जानकारहरुको भनाइ छ ।

उनीहरुले नेपालको जलविद्युत्, टेक्नोलोजी ट्रान्सफरलगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेको बताए । कतारका प्रतिष्ठित व्यवसायी तथा गैरआवासीय नेपाली संघका अभियन्ता राजेन्द्रकुमार शर्माले कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर भएको बताए ।

उनले नेपालको लगानी सम्मेलन अगाडि हुन लागेको यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्ताहरुलाई विश्वास दिलाउन सक्ने उल्लेख गरे । कतार विश्वका धेरै देशमा लगानी गरेर सफल भएको देश भएकाले नेपालमा त्यस क्षेत्रको लगानी आवश्यक रहेको उनको भनाइ छ ।

‘नेपाल सानो मात्रामा भए पनि विश्वमा नेपालमा ४२ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । नेपाल विश्वमा एडभेन्चर पर्यटनको लागि एउटा सहज गन्तव्य हो । कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर हो । कतार पछिल्लो दुई दशकमा जुन किसिमले विश्व सामु फिफा जस्तो फुटबलमा विश्व कप गर्न सफल भयो । कतारमा विगत २० वर्षदेखि विकासमा सहकार्य गरिरहेको हुँदा कतारसँग नेपालका पाँच लाख घरधुरीसँग जोडिएको थियो । अहिले ३ लाख ५० हजार बढी परिवारसँग जोडिएको छ । कतारका उद्योगमा काम गर्न दक्ष कामदार पठाउन सकेको भए अझ राम्रो रेमिट्यान्स आउन सक्ने थियो । नेपालीहरुको आर्थिक अवस्था अझ माथि उकासिन सक्ने थियो । सरकारले कतार सरकारसँग इगर्भरमेन्टमार्फत काम गरिरहेकाले टेक्नोलोजी ट्रान्सफरको सहयोग लिनसक्छ,’ शर्माले भने ।

परराष्ट्र मामिलाका जानकार, परराष्ट्रविद् जयराज आचार्यले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणमा राष्ट्रपतिदेखि मन्त्रीसम्मले विपिन जोशीको उद्धारको माग प्रमुख प्राथमिकता राख्नुपर्ने बताए । उनले कतारका प्यालेस्टाइन र हमाससँग राम्रो सम्बन्ध भएकाले कतारका राजाले भन्दा उद्धार हुनसक्ने बताए ।

नेपालले कतारले भनेको जस्तो श्रम सम्झौता गर्न तयार हुने तर कतारले विपिन जोशीलाई रिहा गर्नुपर्ने प्रमुख एजेण्डा बनाउनुपर्ने बताए । सरकारले विपिन निर्दोष व्यक्ति भएको भन्दै इजरायली र प्यालेस्टाइनहरुसँग कुनै शत्रुता नभएको दाबी पेश गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर