अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने एक पक्राउ

नेपाल प्रहरीको साइबर ब्युरोले अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली तीनपाटन गाउँपालिका–८ का ३६ वर्षीय कमलप्रसाद अधिकारी छन् । हाल बूढानीलकण्ठ बस्दै आएका अधिकारीले पाथीभरा मता नाम गरेको नक्कली फेसबुक पेजमार्फत ब्ल्याकमेल गर्दै आएका थिए ।

उक्त पेजमार्फत रोजगारीका विभिन्न प्रस्तावहरुको प्रचार गरी त्यसका लागि फिजिकल फिटनेसको जाँ गर्नुपर्ने भनी नग्न फोटो र भिडियो उनले माग्दै आएका थिए ।

फोटो भिडियो पाएपछि अधिकारीले आफूले भने अनुसारका गतिविधि नगरे सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्दै आएका थिए ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आइतबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर