सेनाका अधिकृतबाट सशस्त्र प्रहरीको प्रधान कार्यालय भ्रमण

नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालित सि.सं. १२ हायर कमाण्ड तथा म्यानेजमेन्टमा तालिमरत ३५ जना नेपाली सेनाका अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको आज अवलोकन भ्रमण गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाली सेनाका प्रशिक्षार्थी अधिकृतसँगको अन्तत्र्रिmयाका क्रममा देशमा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बल नेपालले नेपाली सेनासँग आपसी समन्वय र सहकार्यका साथ कार्यसम्पादन गर्दै आएको बताए ।

यस प्रकारको समन्वय र अन्तरक्रियाले सुरक्षा संगठनहरुबीचको आपसी सहयोग र सहकार्य थप प्रभावकारी भई देश र जनताको सुरक्षामा थप प्रेरित भएर लाग्न हौसला मिल्ने उनको भनाइ थियो ।

अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमले प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी राखेका विविध जिज्ञासाहरूका बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले सशस्त्र प्रहरी बल नेपालको काम, कर्तव्य र जिम्मेवारी लगायतका विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन, नेपाली सेनाबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सहयोग र सहकार्य, सुरक्षा चुनौती लगायतका विषयमा अन्तरक्रिया गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर