बाँकेबाट पेस्तोलसहित तीन जना पक्राउ

नेपालगन्ज उपमहानगरपालिका–१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका–२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका–१४ बस्ने हुसेन बागवान छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, कमलामाई नगरपालिका–८ बाधठेडा जंगलबाट भरूवा बन्दुक १ थानसहित सोही नगरपालिका–८ खरबाह बस्ने ४५ वर्षीय हिरालाल स्याङताङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर