मधेसमा एसकी लुंगेलीलाई श्रम मन्त्रालयको जिम्मेवारी

एकीकृत समाजवादी पार्टीबाट मधेस प्रदेशमा मन्त्री बनेकी बेची लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले आज पदभार ग्रहण गरेकी छन् ।

लुंगेली गत वैशाख ६ मा विना विभागीय मन्त्री बनेकी थिइन् ।

मधेसमा अझै अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको मन्त्री चुन्न बाँकी छ । यी दुवै मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले आफैंसँग राखेका छन् ।

माओवादीबाट भरतप्रसाद साह विना विभागीय मन्त्री बने पनि उनको हालसम्म मन्त्रालय तोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर