१६ औं पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्व प्राथमिकतामा पर्नुपर्छः खतिवडा

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभूत तत्वहरुलाई पहिलो प्राथमिकतामा राखेर १६ औं पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिएका छन् ।

बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले भ्रष्टाचार न्यूनीकरणलाई पहिलो प्राथमिकतामा दिनुले विश्वमा गलत सन्देश जाने भन्दै सुशासनका कुराहरुलाई जोड दिन र आर्थिक समृद्धिका कुरामा बढी आवश्यक रहेको बताएका हुन् ।

निरन्तर ५ प्रतिशतभन्दा माथि १० वर्ष हासिल गर्ने हो भने गरिबी १० प्रतिशत घट्ने दाबी गर्दै उनले कम लगानीबाट बढी प्रतिफल लिने बाटोमा जानेकुरामा ध्यान दिन आवश्यक रहेको पनि बताए ।

‘हामीले संविधानमा जे—जे प्रण गरेका छौँ, त्यसलाई कार्यान्वन गर्ने आवधिक योजना यही १६ औं योजना हो । अब यसलाई अंकमा ढालेर लक्ष्य समेत राम्रोसँग तोकेर जाने मध्यकालीन खर्च योजना र वार्षिक योजना बन्छ । वार्षिक बजेट एक वर्षको बन्छ, त्यसलाई आवधिकमा दोहो¥याउनुपर्छ, पाँच वर्षको लागि सुनिश्चित गर्नुपर्छ विकासका रणनीति, उद्देश्य कार्यक्रम भनेर नै यो १६ औं योजना बनाएको हो । भोलि बजेट लेखौँला हामीले समाजवादउन्मुख राज्य प्रणाली निर्माण गर्ने भनेर योजनामा त्यसको कुनै लामो चर्चै गरेनौँ, समाजवादको आधार तयार गर्ने चर्चा नै गरेनौँ भने त बजेट त पहिलो स्टेपमै योजना भन्दा फरक हुन्छ त । यदि त्यो लेखिएन भने बजेटको आलोचना त हामीले पनि गर्नुपर्ने हुन्छ । त्यसो भएकाले यस्ता कुराहरु हाम्रो संविधानले आत्मसाथ गरेका विषयहरुलाई, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तहरुलाई राम्रो र खुलेर समावेश गरेर जाऔं,’ खतिवडाले भने ।

पूर्वअर्थमन्त्री डा. खतिवडाले देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको तर भ्रष्टाचार नै निर्मूल गर्नेकुरा योजनाको पहिलो प्राथमिकतामा राख्नुले विश्वमा गलत सन्देश जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर