कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । आज प्रदेश सभामा कँडेलको पक्षमा २३ मत खसेको हो । विपक्षमा ११ र १ मत तटस्थमा परेको छ ।

कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । कँडेल गत २७ चैतमा माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *