वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिजको पहिलो खेलमा टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच ५ खेलको सिरिज भइरहेको हो ।

नेपालले प्रिमियर कपको तेस्रो स्थानका लागि खेलेको टोलीमा ४ परिवर्तन गरेको छ । अनिल कुमार शाह, विवेक यादव, प्रतिश जिसी र कमल सिंह ऐरी टोलीमा आएका छन् ।

नेपालको टोलीमा कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा छन् ।

वेस्ट इन्डिज ए टोलीमा जोन्सन चाल्र्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए, ओशेन थोमस छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *