चिया तथा कफी विकास बोर्डले उद्देश्यअनुसार काम गरेनः कृषिमन्त्री साह

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चिया तथा कफी विकास बोर्डले आफ्नो उद्देश्यअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

२८ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर शनिबार काठमाडौंको कीर्तिपुरमा आयोजित एक कार्यक्रममा उनले भत्ता र सरुवा, बढुवाको माग गर्ने चिया तथा कफी विकास बोर्डले मुलुकको निर्यात व्यापारलाई बढावा दिने गरी चिया तथा कफीको गुणतस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताइन् ।

६० हजारभन्दा बढीलाई रोजगारी दिने चिया तथा कफी क्षेत्रले मुलुकको समृद्धिमा योगदान दिन सक्ने भएकाले सोही अनुसार काम गर्नुपर्ने उनको भनाइ थियो । उनलेराष्ट्रिय चिया दिवस चिया बगानमा नै मनाउन आवश्यक रहेको बताइन् ।

मन्त्री साहले काठमाडौंको हलमा यो कार्यक्रम आयोजना गरिएकोमा राष्ट्रिय चिया तथा कफी बोर्डको पदाधिकारीप्रति असन्तुष्टि पनि व्यक्त गरिन् । इलाम वा झापाको चिया बगानमा सो कार्यक्रम आयोजना गरेको भए धेरै राम्रो हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *