एसपी तिमिल्सिनालाई सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारी

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा कार्यरत एसपी विनोद शर्माको स्थानमा तिमिल्सिनाको काज सरुवा गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

एसपी शर्माको जिम्मेवारी खोसेर हालै प्रहरी मुख्यालय तानिएको थियो । तर, प्रहरी प्रधान कार्यालयले उनलाई तान्नुको कारणबारे केही खुलाएको छैन ।

शर्माको गत फागुन २ मा सिन्धुलीको प्रहरी प्रमुखमा सरुवा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *