मतगणना अपडेट : इलाममा कांग्रेस अघि, बझाङमा एमालेलाई दोब्बर मतको अग्रता

इलाम र बझाङमा मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का एक हजार एक सय ४५ मत ल्याएर अगाडि छन् ।

उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत ल्याएर पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८, रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत ल्याएका छन् ।

बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्राप्त परिणाम अनुसार एक हजार छ सय ९२ मतगणना हुँदा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात सय ५७ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले तीन सय ८० मत पाएका छन् ।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले दुई सय २६, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले एक सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको नौ मत प्राप्त गरेका छन् भने २८ मत बदर भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर