इलाममा आधा मतगणना हुँदा एमाले ५ हजार मतान्तरले अघि, अरुको कति ?

इलाम–२ मा खसेको कुल मतको करिब आधा गणना भएको छ । शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ ८७ मत खसेको थियो । इलाम–२ मा कुल १ लाख १५ हजार ८८९ मतदाता थिए ।

३४ हजारभन्दा बढी मत गणना हुँदा एमाले उम्मेदवार सुहाङ नेम्वाङ ५ हजारभन्दा बढी मतान्तरले अघि छन् । उनले हालसम्म १४ हजार ६ सय १३ मत पाएका छन् ।

उनको प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३ सय ११ मत पाएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन् । उनले ८ हजार ५ सय ७० मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले २ हजार ७५ मत प्राप्त गरेका छन् ।

इलाम–२ मा अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माइ नगरपालिकाको ६, ७ र ८ नम्बर वडाको मत गणना भइसकेको छ । देउमाइ नगरपालिकाको मतगणना भइरहँदा अहिलेसम्म त्यहाँ ३४ हजार २६ सदर मत गणना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर