चक्रबहादुर बुढालाई राजस्व अनुसन्धान विभागको जिम्मेवारी

सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढाको सरुवा गरेको छ । यसअघि विभागको महानिर्देशक रहेका नवराज ढुंगानाको भने परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।

हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको बुढालाई विभागको जिम्मेवारी दिइएको हो । ढुंगानालाई भने सरकारले कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी गरेको छ ।

कलकत्ताका महावाणिज्य दूत ईश्वरराज पौडेललाई भने परराष्ट्र मन्त्रालयमा ल्याउने सरकारको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर