घरजग्गा कारोबार पारदर्शी र व्यावसायिक हुन जरुरी : मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताको लागि व्यवस्थित र व्यावसायिक हुन जरुरी रहेको बताएका छन् ।

नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल इस्टेट सम्मेलनमा आइतबार उनले घरजग्गा खरिदकर्ताले घरजग्गाको क्षेत्रफल, स्वामित्वको अवस्था, सम्भावित कानूनी अड्चन र मूल्यको बारेमा पारदर्शी र यथार्थ विवरण प्राप्त गर्न घरजग्गा कारोबार व्यवस्थित र व्यावसायिक हुनुपर्नेमा जोड दिए ।

घरजग्गा व्यवसायीहरुले व्यावसायिक मर्यादामा रही प्रचलित कानूनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण भएमात्रै रियल इस्टेट व्यवसाय सबल हुनसक्ने उनको भनाइ थियो । उनले घरजग्गा कारोबारलाई पारदर्शी बनाउनु प्रमुख चुनौती रहेको बताए ।

‘घरजग्गा कारोबार शिथिल भएको अवस्थाले राष्ट्रिय अर्थतन्त्रमा पनि असर परेको छ । त्यसलाई कम गर्न सरकारले विभिन्न प्रयास गरिहेको छ । कित्ताकाटमा देखिएको समस्या समाधान गर्न भू–उपयोग नियमावली २०७९ संशोधन गरी सहजीकरण गरेको छ । घरजग्गामा लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न भूमिसम्बन्धी ऐनमा आवश्यक संशोधन गरेको छ । कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन मालपोत ऐन २०३४लाई संशोधन गरी कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ,’ अधिकारीले भने ।

नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गाको कारोबारलाई व्यवस्थित, पारदर्शी र व्यावसायिक बनाउनको लागि ल्याण्ड मार्केट अवधारणाको विकास गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर