प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका प्राड सहायक रथी जीवनप्रसाद दाहाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सोमबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । पदोन्नतिसंगै प्राड उपरथी दाहाललाई सोही विवाकको जिम्मेवारी दिइएको छ । दाहाल मन्त्री परिषद्को वैशाख २० गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए।

कार्यक्रममा बलाधिकृत रथी अशोक राज सिग्देल, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दको परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर