संसदमा बोल्न पाऊँ भन्दै सभामुखलाई गृहमन्त्री लामिछानेको पत्र

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई मंगलबार पत्र लेख्दै संसदमा बोल्न पाउनुपर्ने माग राखेका छन् । उनले संसदको आकस्मिक, शून्य र विशेष समयमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने माग गरेका हुन् ।

कांग्रेसले गत हिउँदे अधिवेशनमा अवरोध गरेपछि लामिछानेले संसदमा बोल्ने मौका पाएका छैनन् । सहकारीको बचत अपचलनमा मुछिएका लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग कांग्रेसको माग छ ।
त्यसयता गृहमन्त्री लामिछानेले संसदमा आफूले जवाफ दिन पाउनुपर्ने माग राख्दै आएका छन् ।

‘संघीय संसदको गत अधिवेशनमा मैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरुले विभिन्न प्रश्नहरु उठाउनु भएको थियो । सो सम्बन्धमा मैले संसदमा उपस्थित भई सार्वभौम संसद मार्फत आम जनतालाई जानकारी गराउन चाहेको थिएँ तर संसदमा उत्पन्न भएको गतिरोधको कारण सम्भव भएन । यसबाट आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनु पर्नेछ भन्ने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५ को उपनियम (२) मा उल्लेख भएको व्यवस्थाको उल्लंघन हुन गएको छ,’ लामिछानेले पत्रमा लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘जनताको जिम्मेवार प्रतिनिधि एवं गृह मन्त्री भएको कारण माननीय सदस्यहरुले उठाउनु भएको विषयमा आम नागरिकलाई जानकारी गराउनु मेरो अधिकार, कर्तव्य र जिम्मेवारी रहेको हुँदा यही २८ गतेबाट चालु हुने अधिवेशनको थयाशक्य प्रारंभिक दिनहरुमा संसदमा उपस्थित भै गत अधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने व्यवस्था मिलाई दिनुहुन मेरो व्यक्तिगत विषयमा उठेका प्रश्नहरुको सम्बन्धमा उजूरीरजाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनी महान्यायाधिवक्ता कार्यालयबाट मलाई जानकारी गराइएको पत्र यसैसाथ सम्लग्न गरी सम्माननीयज्यू समक्ष निवेदन गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर