मधेश प्रदेशमा हाम्रै पक्षका सांसदको बहुमत पुग्छः जसपा

अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले मधेस प्रदेशमा आफू नेतृत्वकै पार्टीका सांसदहरु बढी हुने दाबी गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जसपाले यस्तो दाबी गरेको छ । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै पार्टीका महासचिव मोहम्मद इश्तियाक राईले केन्दमा झैँ मधेस प्रदेश सरकारमा पनि आफूहरुकै नेतृत्वका सांसदहरुको बहुमत हुने दाबी गरे । उनले केन्द्र सरकारमा पनि ५० प्रतिशत भन्दा बढी आफ्नो पार्टीमा रहेको र मधेस प्रदेशमा पनि सो भन्दा बढी सांसदहरु आफूहरु पक्षको हुने बताए । उनले मधेस प्रदेशमा जसपा, नेपालमा रहेका १९ जना सांसदहरु रहेको र २१ दिनभित्र कसको पक्षमा बहुमत पुग्छ भन्नेकुरा स्पष्ट हुने बताए ।

उनले भने, ‘मधेस प्रदेशको सवाल राख्नुभएको छ । २१ दिने सूचना जारी भएको छ । कति जना हाम्रो विचारलाई, पार्टीलाई सकारात्मक रुपमा लिएर आउनुहुन्छ भन्नेकुरा छिटै थाहा पाउनुहुनेछ । मधेस प्रदेशमा हामी उहाँहरु भन्दा बढी नै हुन्छाँै । १९ जना हुनुहुन्छ । यहाँ जसरी ५० प्रतिशत भन्दा बढी छ, त्यहाँ पनि यो भन्दा बढी नै हुन्छन् ।’

महासचिव राईले जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी कमिटीहरुमा निर्णय भएको भन्दा फरक किसिमले व्यवहार गर्ने, अन्य पदाधिकारीको सहअस्तित्व स्वीकार नगर्ने प्रवृत्तिले गर्दा नयाँ पार्टी गठन गर्नुपरेको बताए । उनले संघीय संरचना भएको मुलुकमा यस किसिमले पार्टी सञ्चालन गर्दा अन्ततो गत्वा पार्टी नै ध्वस्त हुने अवस्था र निश्चित क्षेत्रमा पार्टी पुग्ने अवस्था पार्टीको नेतृत्वबाट देखिएकाले पहिचानसहितको संघीयता, सत्तामूलक समृद्धि र अग्रगामी परिवर्तनका पक्षमा रहेका नेताहरुले चक्रव्युहबाट मुक्ति लिन आवश्यक भएकाले छुट्टै जनता समाजवादी पार्टी नामक राजनीतिक दल गठन गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *