अर्को सरकार बन्ने निश्चित नभएसम्म यही सरकारलाई निरन्तरता दिन्छौं: उपाध्यक्ष पाण्डे

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्को सरकार बन्ने निश्चित नभएसम्म यही सरकारलाई निरन्तरता दिने पक्षमा पार्टी रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार छोड्ने र रहने कुरा एक छानाबाट अर्को घरमा हाम फाल्दा अर्को छानामा पुग्ने भएपछि मात्रै हामफाल्ने प्रतिक्रिया दिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु आज प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट गर्न पुगेका थिए । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा प्रधानमन्त्री दाहालले बजेट निर्माणमा सांसदहरुलाई सहभागी गराउने प्रतिवद्धता जनाएको तर आगामी आर्थिक वर्षको बजेट आउन लागिसके पनि त्यसमा चासो नदिएकाले प्रधानमन्त्रीलाई स्मरण गराउन आफूहरु सिंहदरबार आएको उपाध्यक्ष पाण्डेले बताए ।

‘हामीले गत वर्ष अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट जुन पेश गर्नुभएको थियो, बजेटका सन्दर्भमा अत्यन्त अनुपयुक्त रह्यो, बजेट निर्माणमा सांसदहरुलाई छलफल गराइएन, सांसदहरुको भूमिका भएन, सांसदको टाउको गनेर बजेट पास हुने अनि सांसदलाई बजेट निर्माणमा सहभाी नगराउने कुरा हुन सक्दैन भनेर हामीले बोलेका थियौँ । हामीले राखेकै कुरा सम्बोधन गरेर प्रधानमन्त्रीले आउँदो वर्षमा यो कुरामा परिवर्तन गर्छु भन्नुभएको थियो । बजेट आउने बेला भइसक्यो, जेठ १५ मा बजेट घोषणा हुन्छ, बजेट बन्न पनि थालिसक्यो । त्यसैले हिजो भनेको कुरा बिर्सिनुभएको हो कि भनेर सम्झाउन आएका हौँ । छानाबाट अर्को घरमा हाम फाल्दा अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ,’ पाण्डेले भने ।

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पेश गर्दा बजेट निर्माणमा सांसदहरुलाई छलफल नगराइएको भन्दै बिरोध जनाइएको थियो । विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षमा सांसदहरुलाई समावेश गरेर बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तर जेठ १५ मा आगामी आर्थिक वर्षको लागि बजेट पेश गर्ने दिन आइसक्दासमेत सांसदहरुलाइृ बेलाएर छलफल नगराइएको भन्दै नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर