राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जना पक्राउ

प्रहरीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौं थली बस्ने २३ वर्षीय रोशन रानाभाटलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले कक्षा १२ को बुधबार भएको कम्प्युटर साइन्सको प्रश्नपत्र आउट गरेको फेला परेको छ । उनीहरुलाई काठमाडौं महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मूल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुविरुद्ध शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको परिसरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर