कोशी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

कोशी प्रदेशसभाको आज हुने बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सहभागी नहुने भएको छ ।

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्तिमा आपत्ति रहेको कांग्रेसले यसका विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ । रिट किनारा नलागेसम्म कांग्रेस बैठकमा सहभागी नहुने नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

यसअघि वैशाख ३१ मा प्रदेशसभाको बैठक बसेको थियो । त्यतिबेला मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएको थियो । उक्त बैठकलाई पनि कांग्रेसले बहिष्कार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *