वर्तमान संसदीय व्यवस्था असफल सावित भइसक्यो : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको बताएका छन्। कपिलवस्तुमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालका संसदवादी दलहरु जनचाहनाअनुरुप काम गर्ने चाहना नराखिरहेको स्पष्ट भएको पनि बताए। महासचिव चन्दले वि.सं.२००७ सालदेखिका आन्दोलनहरु, एकीकृत क्रान्ति, जनयुद्ध सारा चिजलाई नयाँ शिराबाट, नयाँ आधारबाट विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको बताए उनले देशलाई वास्तविक रुपान्तरणतिर लैजानुपर्ने बेला भएको बताए।

महासचिव चन्दले अहिलेको संसदीय व्यवस्था आधारभूत रुपले जनताको निम्ति हितकर नभएको उल्लेख गर्दै अहिलेको संसदीय व्यवस्था संकटग्रस्त र असफल सावित भइसकेको दाबी गरे। उनले नेपालमा परिवर्तनको पक्षमा जनताले चाहेको बहस गर्न आवश्यक रहेको पनि बताए।

महासचिव चन्दले देशका नेता र कार्यकर्ता आत्मनिर्भर नभएसम्म देशको नेतृत्व गर्न नसक्ने बताए। उनले संघीयता आवश्यक हो भने त्यसको राजनीतिक, आर्थिक र सांस्कृतिक औचित्य आवश्यक रहेको बताए।

उनले नेपालमा एकीकृत जनक्रान्तिको आवश्यक्ता रहेको पनि बताए। पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएका बेला राज्यले आर्थिक स्थिति बलियो बनाउनका लगि विशेष नीति ल्याउन आवश्यक भएको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *