कहिले जुर्ला प्रदेश १ को नाम ? मुख्यमन्त्री भन्छन्– किरात प्रदेश राख्नुपर्छ

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई आफ्नो जिम्मेवारी बोध गरेर सहमतिको आधारमा प्रदेशको नाम राख्न आग्रह गरेका छन् ।

उनले साउन २० गतेभित्र प्रदेशको नामकरण हुने विश्वास व्यक्त गरे । किरात राई यायोक्खाद्वारा मंगलबार मोरङमा आयोजित अनुसन्धानमूलक प्राज्ञिक पुस्तक ‘किरात सभ्यता’ को लोकार्पण गर्दै यो सबैभन्दा पुरानो सभ्यता भएकाले यसको आधारमा प्रदेशको नाम किरात राख्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणका लागि यही साउन ६ गते सर्वदलीय बैठकको आयोजना गरी सहजीकरण गर्ने बताए । उनले दलहरूले देश र जनताका लागि दलीय स्वार्थभन्दा माथि उठी नामकरणमा सहमति कायम गर्नुपर्नेमा जोड दिए ।

यस्तै सामाजिक विकासमन्त्री राजन राईले प्रदेशको नाम किरात राख्दा सान्दर्भिक हुने भन्दै यसको अगाडि तथा पछाडि राखिने अन्य नामका सम्बन्धमा सकारात्मक पहल गर्ने बताए ।

यसैगरी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले प्रदेशको नाम दल एवं नेताको प्रतिवद्धताअनुसार किरात हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका सचेतक सूर्यमा राईले नेपाली कांग्रेस पहिचान विरोधी नरहेको प्रष्ट पार्दै प्रदेशको नामका सम्बन्धमा चर्चामा आएका सबै नामबारे गम्भीर रूपमा छलफल एवं समन्वयकारी भूमिका खेली सहमति कायम गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर