चीनमा कोरोना संक्रमणबाट एक सातामा तेह्र हजार जनाको मृत्यु

चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार जनाको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ। गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो।

अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस संक्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको संक्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ( सीडीसी) ले शनिबार जारी एक विज्ञप्तिमा जनाएको छ।

गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको सीडीसीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर