फेसबुकबाट प्रेम, शारीरिक सम्बन्धपछि भिडियो खिचेर महिलाको चरित्रहत्या

फेसबुकबाट स्थापित प्रेमपछि शारीरिक सम्बन्ध हुँदाको अश्लील फोटो तथा भिडियो खिचेर एक महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका वडा नं. ७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्का रहेका छन्।

प्रहरीको साइबर ब्यूरोका अनुसार उनी र पीडित महिलाबीच सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएको थियो र उनीहरू प्रेममा रहेका थिए। भेटपछि शारीरिक सम्पर्क गरेका थिए।

म्यासेञ्जरमा कुराकानी गर्दै जाने क्रममा प्रेम सम्बन्धमा रहँदा शारीरिक सम्बन्ध हुँदाको अश्लील फोटो तथा भिडियो पीडित जाहेरवाला साथीको फेसबुक म्यासेञ्जरमा अश्लील फोटो, भिडियोहरू पठाएर पीडितलाई अनावश्यक दुःख, हैरानी दिने, समाजमा पीडितको चरित्रहत्या, बदनाम, बेइज्जत हुने कार्य उनले गरेका थिए।

पक्राउ परेका खड्कामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई आइतबारको आदेशले ७ दिन म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका एसपी पशुपतिकुमार रायले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर