उपसचिवको अस्वाभाविक आर्जन : एक करोड बढी सम्पत्तिको स्रोत खुलेन
यातायात व्यवस्था कार्यालय, सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
भट्टराईले सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मसान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ। उनको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
भट्टराईले अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई र छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको भन्दै उक्त रकम जफत गर्न माग गरिएको छ। त्यस्तै आमा इन्दिरा भट्टराईको नाममा राखिएको सम्पत्ति पनि जफत गर्न अख्तियारले माग गरेको छ।
- संसदीय छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता छ : रमेश लेखक
- बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयन गर्नेगरी क्रमिक सुधार गर्ने कार्यक्रम आयो : डा.वाग्ले
- कांग्रेसको प्रारम्भिक टिप्पणी- सरकारको नीति तथा कार्यक्रमले उत्साह भर्न सकेन
- नीति तथा कार्यक्रममा धेरै नयाँ कुरा आएका छन् : गृहमन्त्री लामिछाने
प्रतिक्रिया