बालेनविरूद्ध सर्वोच्चमा अदालतको अवहेलनाको निवेदन
१० असार २०८० १३:१९
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरूद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन परेको छ।
अधिवक्ता वर्षाकुमारी झाले मेयर बालेनविरूद्ध सो निवेदन दिएकी हुन्। निवेदनको सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको छ।
मेयर शाहले उच्च अदालत पाटनको आदेशविरूद्ध अभिव्यक्ति दिएका थिए। काठमाडौंका हलमा भारतीय चलचित्र ‘आदिपुरूष’ सहित हिन्दी चल्न नदिने निर्णयविरूद्ध दर्ता रिटमा अन्तरिम आदेश आएपछि मेयर शाहले अदालत र कानून नमान्ने अभिव्यक्ति दिएका थिए।
सो अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता झाले निवेदन पेस गरेकी हुन्।
- मङ्गलबारसम्म संसद्को गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री दाहाल
- त्रिविको अतिक्रमित जग्गा फिर्ता गराउन संसदीय समितिको चासो, निर्देशन दिने तयारी
- बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की
- सरकार र दलहरुको सहयोग बिना त्रिविको अतिक्रमित जग्गा फिर्ता गर्न सकिँदैन : उपकुलपति बराल
प्रतिक्रिया