नेप्से परिसूचकमा ८.७५ अंकको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ को बिन्दुमा कायम भएको छ ।
आज विभिन्न तीन सय ६ कम्पनीको एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता शेयर एक लाख दुई हजार नौ सय पाँच पटक खरिद-बिक्री हुँदा चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारपछि बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०१, विकास बैंक शून्य दशमलव १०, लगानी र उत्पादन तथा प्रशोधन समूह समान एक दशमलव ०७ र व्यापार समूह शून्य दशमलव ४५ अङ्कले बढेको छ । जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा धेरै एक दशमलव ७२ प्रतिशतको गिरावट देखिएको छ ।
त्यस्तै वित्त शून्य दशमलव ८०, होटल तथा पर्यटन एक दशमलव ६७, जीवन बीमा एक दशमलव ५८, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ३१, निर्जीवन बीमा शून्य दशमलव ७५ र अन्य समूह शून्य दशमलव ३२ प्रतिशतले घटेको छ ।
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र चिर्खुवा हाइड्रोपावर लिमिटेडकोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य आठ दशमलव ०९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २० करोड १३ लाख ७३ हजार छ सय ६२ रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने मोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको चार लाख ३७ हजार २७ कित्ता शेयर किनबेच भएको छ ।
- ललितपुर मेयर कप महिला क्रिकेट : लगातार चौथो पटक एपिएफ च्याम्पियन
- सरकारले प्राथमिकताको आधारमा बजेट तय गर्नुपर्दछ : काँग्रेस नेता रिजाल
- सरकारलाई विज्ञहरुले भने– ‘पहिरोबाट वर्षेनी ३ सय नेपालीले ज्यान गुमाउँछन्, न्युनिकरणमा चासो दिँदैन’
- म ‘कम्फर्ट जोन’ भए आफैं चुनौती खडा गरेर अघि बढ्न चाहन्छुः भारतीय प्रधानमन्त्री मोदी
प्रतिक्रिया