नेप्से परिसूचकमा ८.७५ अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न तीन सय ६ कम्पनीको एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता शेयर एक लाख दुई हजार नौ सय पाँच पटक खरिद-बिक्री हुँदा चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०१, विकास बैंक शून्य दशमलव १०, लगानी र उत्पादन तथा प्रशोधन समूह समान एक दशमलव ०७ र व्यापार समूह शून्य दशमलव ४५ अङ्कले बढेको छ । जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा धेरै एक दशमलव ७२ प्रतिशतको गिरावट देखिएको छ ।

त्यस्तै वित्त शून्य दशमलव ८०, होटल तथा पर्यटन एक दशमलव ६७, जीवन बीमा एक दशमलव ५८, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ३१, निर्जीवन बीमा शून्य दशमलव ७५ र अन्य समूह शून्य दशमलव ३२ प्रतिशतले घटेको छ ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र चिर्खुवा हाइड्रोपावर लिमिटेडकोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य आठ दशमलव ०९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २० करोड १३ लाख ७३ हजार छ सय ६२ रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने मोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको चार लाख ३७ हजार २७ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर