३९.९३ अंकले बढ्यो नेप्से परिसूचक

पछिल्लो समय तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ ।

 

मंगलबार नेप्से परिसूचक ३९.९३ अंक बढेर १९२४.७४ बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.९ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९२ अंकले बढेको छ ।

 

मंगलबार कारोबारमा आएका २३१ कम्पनीको ३७ लाख ६५ हजार कित्ता शेयर १ अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

 

 

नेप्से परिसूचक वृद्धि भए पनि  मंगलबार कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ । अघिल्लो कारोबार दिन १ अर्ब ७५ करोडको शेयर कारोबार भएको थियो ।

 

 

मंगलवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

 

 

मंगलवार ३ वटा कम्पनीको शेयर मूल्य शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

 

 

कारोबार रकमका आधारमा ११ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर