नेपाल स्टार्टअप फेस्ट २०२२ हुँदै

नेपाल उद्योग परिसंघले आउँदो शनिबार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ ।

परिसंघको युवा उद्यमी मञ्चले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो

असार ११ गते काठमाडौंको सोल्टी होटलमा हुने स्टार्टअप फेस्टमा राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदतावासको सहयोग छ । स्टार्टअप फेस्टमा छनोट भएकामध्ये १० वटा प्रस्तावलाई प्रस्तुतिको अवसर दिइनेछ भने पुँजी लगानीको अवसर पनि दिने आयोजकले बताएको छ ।

यसअघि स्टार्टअपहरुलाई लगानीका लागि आवेदन पेश गर्न जेठ २७ गतेसम्मको समय अवधि दिएकोमा देशभरबाट ३ सय बढी परियोजना प्रस्ताव आएको थियो । जसमध्ये १० वटालाई प्रस्तुति गर्ने अवसरका दिनुका साथै पुँजी तथा प्रविधिक सहयोग गर्ने तथा लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानीको अवसर दिने आयोजक नेपाल उद्योग परिसंघले बताएको छ ।

स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवालाई व्यवसायमा ल्याउने विश्वासका साथ आयोजना गर्न लागिएको मेलामार्फत करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरिने पनि आयोजक परिसंघले बताएको छ ।

कार्यक्रममा स्वदेशी एवं विदेशी विज्ञबाट स्टार्टअप विषयमा प्रस्तुति हुनुका साथै प्यानल डिस्कशन, रोबोटिक फुटबल, लाइभ म्युजिक कन्सर्ट पनि हुनेछ  । यसका साथै, ४० बढी स्टार्टअप्सले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर