सार्वजनिक अडियोबारे दोषीलाई कारबाही गर्न बार एशोसिएसनको माग

नेपाल बार एशोसिएशनले ठगी आरोपको मुद्दा खेपिरहेका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छोड्ने योजना बनाइरहेको सार्वजनिक भएको अडियो प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

मंगलबार एक सञ्चारमाध्यमबाट ठगी आरोपित सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई घुस खाएर धरौटीमा रिहा गर्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएशनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको संवाद सार्वजनिक भएको थियो ।

सोही संवादलाई लिएर बारले सो प्रकरणको आधिकारिकता र सत्यतथ्य अनुसन्धान गरी कसैको संलग्नता पुष्टि भएमा कसुरदारलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको हो ।

बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल बार एशोसिएशनकी महासचिव अञ्जिता खनालले सो अडियो प्रकरणमा एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको बताइन् । उनले छनबिनबाट कसुरदार ठहरिनेलाई कारबाही गर्न बारले माग गरेको बताइन् ।

उनले व्यक्तिको नियतमाथिको प्रश्नसँग संस्था नजोडिने भन्दै नेपाल बार एशोसिएशन न्यायालयको शुद्धीकरणमा लागिरहेको बताइन् । उनले एशोसिएशनमा आवद्ध व्यक्तिहरुमा रहेको त्यसप्रकारको प्रवृत्तिलाई निस्तेज गर्ने पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर