राजदूत खत्री र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । उनीहरुबीच जेठ ३० गते भेटवार्ता भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला राजदूत खत्रीले बाइडेनसँग भेट गरेका हुन् ।

राजदूत खत्रीले अमेरिका गएपछि कोभिड–१९ संक्रमणका कारण भर्चुअल रुपमै राजदूतको ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

त्यसबेला व्यक्तिगत रुपमा भेटवार्ता नभएपछि राष्ट्रपति बाइडेनलले भर्चुअल रुपमै ओहदाको प्रमाणपत्र बुझाएका राजदूतसँग व्यक्तिगत भेटवार्ताका लागि ह्वाइट हाउसमा बोलाएका हुन् ।

यस अवसरमा राजदूत खत्री पनि गएका थिए । भेटवार्ता सामान्य भएकाले यस विषयमा दूतावासले कुनै जानकारी दिएको थिएन ।

राजदूत खत्रीले बाइडेनलाई भेट्दा नेपालमा अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपालमा कुनै पनि चर्चा भएको थिएन । उक्त भेटपछि मात्र एसपीपीलाई लिएर नेपालमा विवाद भयो । नेपाल सरकारले त्यसलाई अस्वीकार गर्ने निर्णय पनि गरिसकेको छ ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण असार अन्त्य वा साउनको पहिलो साता हुने भनिए पनि सरकारले औपचारिक रुपमा निर्णय गरिसकेको छैन ।

पर्दाफास रिपोर्टर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *