देशभरका कारागारमा लागूपदार्थ अपराधका ६ हजार कैदीबन्दी

देशभर रहेका कारागारमा स्वदेशी तथा विदेशी गरि ६ हजार बढी कैदीबन्दी रहेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिएका छन् । उनका अनुसार देशभर हुने अपराधमध्ये ८ प्रतिशत अपराध लागूपदार्थसँग सम्बन्धित रहेको बताए ।

उनले नेपालमा लागूपदार्थ दुर्व्सनी चुनौती भएकोले यसको रोकथाममा समाजको सहकार्य आवश्यकता रहेको बताए ।

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसरार बिरुद्धको दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।

उनले लागूपदार्थको दुर्व्सनीको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताए । मन्त्री खाणले लागूऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए ।

उनले युवा पुस्तालाई दुर्व्सनीबाट कसरी बचाउने भन्नेकुरा सरकार र समाज सबैको दायित्व भएको बताए । गृहमन्त्री खाणले लागूऔषध दुर्व्सनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताए ।

उनले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यक्ता रहेको पनि बताए ।

गृहमन्त्री खाणले विभिन्न अपराधिक गतिविधिहरु मध्येमा लागूपदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशत भन्दा बढी पुगिसकेको र लागूपदार्थ अपराधका दोषी ६ हजार भन्दा बढी कैदीबन्दी कारागारमा रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर