माधव नेपालले सन्यास लिए हुन्छ : योगेश भट्टराई

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिएका हुन् ।

उनले केही दिनअघि अध्यक्ष नेपालले १० भाइ एमालेका दास हौ, तिमीहरुले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपाल जत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए ।

उनले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पारे । सांसद भट्टराईले आपूले गरेका गल्तीलाई आत्साथ गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पेर आफू आनन्दले बस्न सुझाव दिए ।

सांसद भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरुले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताए । उनले समाजवादीका नेताहरुले एमालेले शर्त माने एकता हुने कुरा गर्नुको तुक नरहेको स्पष्ट पारे ।

त्यस्तै नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सबै नेताहरुले घमण्ड त्यागरेर समीक्षा गर्न जरुरी रहेको बताए ।

उनले कम्युनिष्टहरुको जनमत लगभग दुई तिहाइ भए पनि विभाजित हुँदा त्यसको अर्थ नदेखिएको बताए । उनले एकीकृत समाजवादी पार्टीले एकता गर्ने कुरा राखिएका शर्तहरुमा छलफल हुन जरुरी रहेको बताए ।

त्यस्तै नेकपा एमालेका सांसद खगराज अधिकारीले मुल घरमा फर्किन चाहनेहरुलाई एमालेले स्वागत गर्ने बताए । उनले आफ्नो बाटो गलत भयो भनेर समीक्षा गर्नेलाई एमालेले क्षमता अनुसारको जिम्मा दिने पनि बताए ।

सांसद अधिकारीले नेकपा एमालेसँग विभाजित भएर जानु आफ्नै गल्ती रहेको कुरा एकीकृत समाजवादीका पछिल्ला कार्यहरुले पुष्टि गरेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर