२३.८५ अंकले घट्यो नेप्से परिसूचक

साताको पहिलो दिन आइतबार ९४.९२ अंकले बढेको नेप्से परिसूचक सोमबार घटेको छ ।

लामो समय ओरालो लागिरहेको नेप्से आइबार एक्कासी उच्च अंकले बढेको थियो । तर सोमबार नेप्से परिसूचक २३.८५ अंक घटेर १९३३.१३ बिन्दुमा झरेको छ ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अंकले घटेको छ ।

सोमबार कारोबारमा आएका २२९ कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा नेप्सेसँगै कारोबार रकमसमेत गिरावट आएको छ ।

आइतबार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.५१ प्रतिशत घटेको छ ।

नेप्से परिसूचक गिरावट आए पनि सोमवार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त र न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यता उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा १५ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । हिमालयन डिस्टिलरीको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर