११.८२ अंकले घट्यो नेप्से परिसूचक

शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आईतवार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तस्रो कारोबारको दिन पनि निरन्तरता पाएको छ ।

मंगलबार नेप्से परिसूचक ११.८२ अंकले गिरावट आएर १९२१.३१ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर १ अर्ब ५ करोड ८२ लाख २४ हजार ४७२ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

सोमबारको तुलनामा मंगलबार नेप्सेसँगै कारोबार रकमसमेत गिरावट आएको छ । सोमबार २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको सूचक वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको सूचक गिरावट भएको छ । जसमा जीवन बीमा १.०३ प्रतिशत र वाणिज्य बैंकको सूचकमा ०.०२ प्रतिशतले वृद्धि भएको छ । बाँकी ११ वटा उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि सीवाईसी लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बाँकी बसै कम्पनीहरुका शयरधनीले शेयर मूल्य माएका छन् । कारोबारको आधारमा सर्वाधिक कारोबारमा एशियन लाइफ इन्स्योरेन्सले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर