एसपीपी सम्झौताको नयाँ ड्राफ्ट सार्वजनिक गर्न ओलीको चुनौती

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनौती दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको सक्कली नयाँ ड्राफ्ट सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका हुन् ।

ओलीले सरकारले नयाँ ड्राफ्ट ल्याएको र जनताले ठूलो दबाब दिएपछि केही समयका लागि मात्रै स्थगित गरेको आरोप लगाए । उनले जन दाबाबको भेललाई शान्त पार्न स्थगित गरेको भने पनि दबाब क्रमशः घट्दै गएपछि पुनः एसपीपी सम्झौतामा लाग्ने बताए । अध्यक्ष ओलीले नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफूले बचाएको गफ दिएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा ढाँट्ने काम गरिरहेको आरोप लगाए ।

उनले अध्यक्ष दाहालले केपी ओलीको कार्यकालमा एसपीपी ल्याएको भन्ने कुरा फट्याँइ बाहेक अरु नभएको बताए । ओलीले गल्ती भए स्वीकार्न मिल्ने तर झुटो बोल्दै नहिँड्न अध्यक्ष दाहाललाई चेतावनी दिए ।

उनले राष्ट्रियता तमासा देखाउने र नखरा गर्ने चिज नभएको बताए। ओलीले नेकपा माओवादीले सभामुख पदमा एमसीसी साटेको आरोप लगाए । उनले गलत छ भनेर जनतालाई उचाल्ने र सदनबाट पास गर्ने काम माओवादीले गरेको बताए । ओलीले प्रचण्डले गर्नु हुने र नहुने सबै काम सरकारमा रहेर गरिरहेको बताए ।

उनले आफू प्रधानमन्त्री हुँदा र आफूलाई जानकारी गराएर कुनै एसपीपी सम्झौतामा हस्ताक्षर नगरेको भन्दै यदि हस्ताक्षर गरेको पाए देखाउन चुनौती दिए । उनले तत्कालीन प्रधानमन्त्री एवं रक्षामन्त्री सुशील कोइरालाको पालामा पहिलोपटक एसपीपीको सदस्य हुन पत्र लेखेको र दोस्रो पटक २०७४ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पत्र लेखेको बताए ।

ओलीले निर्वाचन आयोगकी निर्वाचन आयुक्त ईश्वरी पौडेलले गठबन्धन र कांग्रेसी पल्टिएर केपी ओलीले एसपीपीमा अस्ताक्षर गरेको भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै आरोप प्रमाणित गर्न चेतावनी दिए । ओलीले अमेरिकी दूतावासले आफू प्रधानमन्त्री हुनुपूर्व नै पत्र पठाइएको भन्ने सत्यता बोल्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर