ओली सरकारले अपेक्षा अनुसार काम नगर्दा निराशा बढ्यो : झलनाथ खनाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दाबी गरेका छन् ।

खनालले मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गहन छलफल चलाउन पूर्व सांसद मञ्च, नेपाललाई आग्रहसमेत गरे ।

संविधानले समाजवादी बाटोतिर जान निर्देश गरेपनि सरकार र राजनीतिक दलहरुले सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको उनको निष्कर्ष थियो ।

६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले समृद्धिको खोक्रो नारा लगाए पनि त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए ।

सम्मानित नेता खनालले नयाँ संविधान निर्माण भएपछि बनेका सरकारहरुले आफ्नै भूगोल अनुरुपको एउटा पनि उद्योग धन्दा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *