प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै हुनेछः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

६४ औं संसद दिवसको अवसर पारेर बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न भएको उल्लेख गर्दै अव प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि समयमै सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले राष्ट्रको सर्वोपरी हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गर्नु भयो । ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यामद्वारा मुलुकमा दिगो शान्ति, सुशासन कायम गर्दै विकासको गतिमा अघि बढिरहेका छौं । हामी सबै मिलेर यस यात्रालाई चाँडै टुंगोमा पु¥याई नेपाललाई विकसित र समुन्नत राष्ट्रको रुपमा स्थापित गर्नु हामी सबैको दायित्व हो । गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित रुपले सम्पन्न भईसकेको छ । यसैवर्ष प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध छ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले मुलुक दिगो शान्ति र विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै त्यसलाई सार्थक बनाउन पूर्व सांसदहरुको अनुभव उपयोगी हुने धारणा समेत राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *