सरकारले किसानलाई मीठो कुरा दियो तर मल दिएन : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध नगरेको दाबी गरेका छन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्टममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मिठो कुरा गरेको तर मल ल्याउने प्रबन्ध भने कहीँ पनि नगरेको बताएका हुन् ।

अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कहीँ पनि प्रबन्ध नगरेपछि किसानले कसरी मल पाउँछन? भनी सरकारलाई प्रश्न गरे ।

सरकारले किसानलाई अलमल्याउने, छक्याउने काम गरिरहेको भन्दै अध्यक्ष ओलीले यस सरकारबाट कृषि क्षेत्रको उत्थान हुनै नसक्ने बताए ।

अध्यक्ष ओलीले मलको अभाव हुन नदिन सरकारले बेलैमा आवश्यक व्यवस्था गर्न नसकेको पनि पटकपटक दोहोर्‍याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर